Kathmandu Press

ठूलो परिमाणको लागुऔषधसहित विभिन्न क्षेत्रबाट २१ पक्राउ

ठूलो परिमाणको लागुऔषधसहित विभिन्न क्षेत्रबाट २१ पक्राउ

काठमाडाैं, कात्तिक ३ : प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित विभिन्न क्षेत्रबाट २१ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरीको टोलीले उनीहरूबाट ३३.४ ग्राम खैरो हेरोइन, १५ किलो गाँजा र दुई हजार १४० पिस लागुऔषध एम्पुल बरामद गरेको ब्युरोले आज एक सूचना जारी गरी जनाएको छ ।

उनीहरूका साथबाट रु ११ लाख २५ हजार ५०० समेत बरामद गरिएको ब्युरोका प्रवक्ता योगेन्द्रकुमार खड्काले जानकारी दिए। पक्राउ पर्नेमा सोलुखुम्बुका ग्याल्जेन शेर्पा, इलामका दिनेश तामाङ, सिर्जना राई, कृष्ण तामाङ, सरोज राई, नुवाकोटका कृण्णबहादुर राई र सरोज राई, सर्लाहीका रञ्जित गोले, धादिङका शर्मिला तामाङ रहेका छन् ।

यस्तै नियन्त्रित लागुऔषधसहित पर्साका सन्दीप दास, मेलिना भण्डारी, उपेन्द्र कुशवाह र दिपुप्रसाद कुशवाह, चितवनका, श्रीकृष्ण भण्डारी, पर्साकै कृशन शाह, चन्दन महतो, सुवास सहनी र सप्तरीका चन्दनकुमार दासलाई पनि पक्राउ गरिएको छ ।

यस्तै भारत मधुवनीका शम्भुकुमार साह, भारत मेघालयका सन्दीप शर्मा, गोरखाका सचिन देवकोटालगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट रु १३ लाख ६२ हजार मूल्य बराबरको लागुऔषध बरामद भएको जनाइएको छ ।

प्रकाशित मिति: १९:५४ बजे, बिहीबार, कात्तिक ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्