Kathmandu Press

परिणाममुखी निर्वाचनका लागि निर्वाचन लक्षित समिति गठन

परिणाममुखी निर्वाचनका लागि निर्वाचन लक्षित समिति गठन

काठमाडाैं, कात्तिक ३ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारी र परिणाममुखी बनाउन सत्ता गठबन्धनका दलले विभिन्न समिति बनाएका छन्।

नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुध लामाको संयोजनमा आज सम्पन्न भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय, अपिल प्रकाशन, अनुगमान, वित्तीय व्यवस्थापन र प्रचारप्रसारका लागि ‘मिडिया डेस्क’ गठन गरेको छ।

Hardik ivf

भेलाले लामाको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्वय समिति, कांग्रेस जिल्ला सचिव भीमसेन महतको संयोजकत्वमा अपिल प्रकाशन समिति, नेकपा(एकीकृत समाजवादी)का नेता ललित बस्नेतको संयोजकत्वमा अनुगमन समिति तथा नेकपा(माओवादी केन्द्र)का नेता प्रह्लाद लामिछानेको संयोजकत्वमा वित्तीय व्यवस्थापन समिति एवं प्रचारप्रसारका लागि नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीको संयोजकत्वमा मिडिया डेस्क स्थापना गर्ने निर्णय गरेको जिल्ला सभापति लामाले जानकारी दिए।

कांग्रेस केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) तथा नेकपा (एकीकृत  समाजवादीका) स्थायी सदस्य एवं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार विरोध खतिवडालगायत गठबन्धनका अन्य जिल्ला नेता र पदाधिकारीको उपस्थितिमा सो समिति गठन गरिएको हो ।

यसैबीच नेकपा (एमाले) पनि निर्वाचन लक्षित कार्यालय स्थापना गरेको छ । कार्यालयको एमालेका बागमती प्रदेश कमिटी सदस्य र एमाले निर्वाचन परिचालन मकवानपुरका संयोजक अनन्त पौडेलले उद्घाटन गरे।

प्रकाशित मिति: १९:३५ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्