Kathmandu Press

जिम्मेवारी पूरा गर्न नसकेको भन्दै ४५ दिनपछि बेलायती प्रधानमन्त्रीले दिईन राजीनामा 

प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्। बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्।
जिम्मेवारी पूरा गर्न नसकेको भन्दै ४५ दिनपछि बेलायती प्रधानमन्त्रीले दिईन राजीनामा 

काठमाडौं, कात्तिक ३ : बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्।

प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्। बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्।

नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरिन्। यो बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो ।

उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए। 
 
प्रकाशित मिति: १९:१२ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्