मध्य प्रदेश राज्यको पटाका गोदाममा विष्फोट हुँदा तीन जनाको मृत्यु

नयाँ दिल्ली, कात्तिक ३ : मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु भएकाे छ। दुर्घटनामा अन्य धेरै घाइते भएका एक जना स्थानीय प्रहरीले सिन्ह्वालाई फोनमा बताएका छन् ।
राज्यको मोरेना जिल्लामा उक्त दुर्घटना भएको तथा सातजना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विष्फोटका कारण भवन भत्किँदा धेरैजना भग्नावशेषमा फसेका थिए । यही कात्तिक ७ गते भारतभर मनाइने दिवाली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डार गरिएको थियो ।
प्रहरीका अनुसार तीन जनाको शव फेला परेको छ । यद्यपि उनीहरूको परिचय खुल्न बाँकी छ । भग्नावशेषमा अझै धेरै मानिस फसेका हुनसक्ने जनाउँदै प्रहरी खोज तथा उद्धार जारी रहेको बताएको छ ।
प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












