Kathmandu Press

इन्डोनेसियालाई जी-२० मा चीनले सघाउने

यही कात्तिक २९ गते इण्डोनेशियाको बालीमा हुने जी–२० को शिखर बैठकमा समूहको अध्यक्षको रूपमा आफ्नो भूमिका निर्वाह गर्न इण्डोनेशिया सक्षम रहेको जनाउँदै चीनले उसलाई सम्मेललनमा सघाउने एवम् भावी योजना एवम् रणनीतिमा आफ्नो समर्थन रहने बताएको हो। 
इन्डोनेसियालाई जी-२० मा चीनले सघाउने

बेइजिङ, कात्तिक ३ : चीनले इन्डोनेसियालाई विश्वका प्रमुख विकसित र विकासशील अर्थतन्त्रहरूको अन्तरसरकारी मञ्च जी–२० मा इन्डाेनेसियालाई सघाउने घोषणा गरेको छ। 

यही कात्तिक २९ गते इण्डोनेशियाको बालीमा हुने जी–२० को शिखर बैठकमा समूहको अध्यक्षको रूपमा आफ्नो भूमिका निर्वाह गर्न इण्डोनेशिया सक्षम रहेको जनाउँदै चीनले उसलाई सम्मेललनमा सघाउने एवम् भावी योजना एवम् रणनीतिमा आफ्नो समर्थन रहने बताएको हो। 

Hardik ivf

शिखर सम्मेलनले विश्वव्यापी कोभिड–१९ प्रतिको प्रतिकार्य, आर्थिक पुनरुत्थान, खाद्य सुरक्षा तथा ऊर्जामा योगदान गर्ने अपेक्षा चीनको रहेको एक जना वरिष्ठ चिनियाँ कूटनीतिज्ञले बिहीबार बताएका हुन्। 

उप विदेशमन्त्री मा झाओसुले बाली शिखर सम्मेलनको एकसाथ सुदृढ पुनः प्राप्तिको नारालाई चीनको समर्थन रहेको बताउँदै कोभिड–१९ प्रतिको प्रतिकार्यका निम्ति अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ तुल्याउन, विश्वव्यापीरूपमा आर्थिक सुधार प्रवद्र्धनगर्ने,  विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षा सुनिश्चित गर्नेलगायत क्षेत्रमा शिखर सम्मेलनले सक्रिय एवम् रचनात्मक भूमिका निर्वाह गर्ने बताए। 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उप विदेशमन्त्री माले समूहको सदस्यको रूपमा चीनले अन्तर्राष्ट्रिय आर्थिक सहयोग र विश्वव्यापी आर्थिक सुशासनमा सक्रिय भाग लिइरहेको, दिगो, सन्तुलित एवम् समावेशी वृद्धिलाई अघि बढाउन अन्य पक्षहरूसँग मिलेर काम गरिरहेको बताए। 

प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्