Kathmandu Press

पटाका गोदाममा विस्फाेट हुँदा तीन जनाको मृत्यु

पटाका गोदाममा विस्फाेट हुँदा तीन जनाको मृत्यु

नयाँदिल्ली, कात्तिक ३ : मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु हुनाका साथै अन्य धेरै घाइते भएका एक जना स्थानीय प्रहरीले सिन्ह्वालाई फोनमा बताएका छन्।

राज्यको मोरेना जिल्लामा उक्त दुर्घटना भएको तथा सातजना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। विष्फोटका कारण भवन भत्किँदा धेरैजना भग्नावशेषमा फसेका थिए।

यही कात्तिक ७ गते भारतभर मनाइने दिवाली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डार गरिएको थियो।

प्रहरीका अनुसार तीन जनाको शव फेला परेको छ। यद्यपि उनीहरूको परिचय खुल्न बाँकी छ। भग्नावशेषमा अझै धेरै मानिस फसेका हुनसक्ने जनाउँदै प्रहरी खोज तथा उद्धार जारी रहेको बताएको छ।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, कात्तिक ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्