Kathmandu Press

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

देशका २० प्रान्तमा मिर्गौलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि सबै तरल औषधिको उपयोगमा अस्थायी रूपमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको हो।
इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

जकार्ता, कात्तिक ३ :  इन्डोनेसियाले मिर्गौलाको गम्भीर चोटका कारण ९९ जना बालबालिकाको मृत्यु भएपछि सबैखाले झोल औषधिको उपयोगमा अल्पकालीन प्रतिबन्ध जारी गरेको छ। 

देशका २० प्रान्तमा मिर्गौलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि सबै तरल औषधिको उपयोगमा अस्थायी रूपमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले विशेष गरी ६ वर्षभन्दा कम उमेरका बालबालिकामा साउनको अन्त्यदेखि सङ्क्रमण बढेको, केही बिरामीलाई पखाला चल्ने, खोकी लाग्ने, वाकवाकी हुने लक्षण देखापरेका उक्त मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले बताए।

कोभिड–१९ खोपका कारण बालबालिका हताहत नभएकाे स्पष्ट गर्दै उनले ६ वर्ष वा त्यसभन्दा माथिका बच्चालाई मात्र खोप लगाउन आह्वान गरिएको बताए। भारतमा उत्पादन गरिएका चार प्रकारका खोकीका झोल औषधिले गाम्बियामा ७० बालबालिकाको मिर्गौलामा गम्भीर समस्या भई ज्यान नै गएको बताइएको छ।  

इन्डोनेसियाको खाद्य तथा औषधि नियामक निकायले भारतीय औषधि देशमा दर्ता नभएको बताएको छ। त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: १५:३३ बजे, बिहीबार, कात्तिक ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्