Kathmandu Press

माटोका भाँडा किन्नेको भिड

लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री  किन्नेको चहलपहलसमेत बढेको देखिन्छ। कुमाल जातीले बनाउने माटोका मूर्ति, सरसामान अति नै शुद्ध हुने भएकाले यसको बिक्रिवितरणमा वृद्धि भएको जनाइएको छ।
माटोका भाँडा किन्नेको भिड

सप्तरी, कात्तिक ३ : सप्तरीको राजविराजस्थित हटियामा लक्षमीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा  माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दछ। 

लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री  किन्नेको चहलपहलसमेत बढेको देखिन्छ। कुमाल जातीले बनाउने माटोका मूर्ति, सरसामान अति नै शुद्ध हुने भएकाले यसको बिक्रिवितरणमा वृद्धि भएको जनाइएको छ। पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले  माटोका भाँडा लक्ष्मीपूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढेको कुमाल रामकुमार पण्डितले बताए। 

Hardik ivf

चार्डपर्व नजकिँदै गर्दा ठाउँठाउँमा माटोको भाँडा, फलफूल, विभिन्न मूर्तिका सामान र माटोको भाँडामा ढकनी, दीप, घैँलो  लगायतका खरिदबिक्री भइरहेको व्यापारी बताउँछन्।

साथै नयाँ भाँडा चोखो भएको हुनाले पनि त्यसको पनि बिक्री भइरहेको छ। जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइन् लगायतका विभिन्न ग्रामीण भेगका बजारमा पनि सुनदेखि नून सम्मको सामान मानिस किनमेल गरिरहेको पाइएको छ।

यही कात्तिक ७ गते सोमबार हुने दिपावलीका लागि सजावटको समानसहित दीप, मैनवती अगरबती, लड्डू र प्रसादका समानसमेत खरिदबिक्री बढेको सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–१ भारदहका मिठाइ व्यवसायी जुगेश्वर साहले बताए।

शनिबारदेखि सुरु हुने हिन्दूको चार्डपर्व तिहारको लक्ष्मीपुजा (दीपावली) गाईपूजा, भरदुतीया,  सूर्य देवतालाई अर्घ दिएर पूजा गरी तराई–मधेसका जिल्लामा छठपर्व मनाइने गरिन्छ। 

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्