Kathmandu Press

सर्लाहीकाे सहकारी संस्थाका कर्मचारीलाई गोली हानेको आरोपमा चार जना पक्राउ

र्लाहीको बलरास्थित नेपाल-भारत सीमाबाट उनीहरू पक्राउ परेका हुन्। 
सर्लाहीकाे सहकारी संस्थाका कर्मचारीलाई गोली हानेको आरोपमा चार जना पक्राउ

सर्लाही, कात्तिक ३ : सर्लाहीस्थित एक सहकारी संस्थाका कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीयसहित चार जना पक्राउ परेका छन्। सर्लाहीको बलरास्थित नेपाल-भारत सीमाबाट उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको वैशाली जिल्ला सुल्तानपुर बस्ने सौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगन्ज बस्ने गुलसनकुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धीरेन्द्र सहनी रहेको जनाइएको छ। प्रहरी स्रोतका अनुसार धीरेन्द्रको एउटा खुट्टामा गोलीसमेत लागेको छ।

सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि चार राउन्ड बुधबार बिहान सवा ११ः१५ बजेतिर गोली प्रहार भएको थियो। कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको प्रहरीको भनाइ छ। उनको अहिले काठमाडौंमा उपचार भइरहेको छ।

पक्राउ परेका  चारैजनालाई सर्लाही प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयरी भइरहेको छ।

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्