एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण
काठमाडौ, मंसिर २७ : एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानीमैयाँ थापालाई २÷२ लाख नगद पुरस्कार....

काठमाडौ, मंसिर २७ : एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानीमैयाँ थापालाई २÷२ लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ। राउत तेस्रो हप्ताको विजयी ग्राहकहरु मध्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहकहरु मध्येका एक हुन्।
कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन् ।
राउत र थापालाई बिहीबार एक कार्यक्रम माझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो । दोस्रो हप्ताका पाँच जना विजयी मध्ये एक जना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको थियो । उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत प्रक्रिया पुर्याई थापा नयाँ विजयी ग्राहकका रुपमा छानिइकी थिइन् ।
तेश्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकहरु मध्ये एक यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएका छन् । त्यसैगरी तीन जना प्रमाणिकरण प्रक्रियामा रहेका छन् । अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता एक नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ ।
यस योजना अन्तर्गत पहिलो र दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका ग्राहकलाई एनसेलले काठमाडौं वा काठमाडौं बाहिर ग्राहकलाई सजिलो पर्ने स्थानबाट पुरस्कार हस्तान्तरण गर्नेछ । दोस्रो हप्ताका विजयी मध्येका दुई र पहिलो हप्ताका भाग्यशाली पाँच ग्राहक मध्येका एक विजयीलाई चाँडै नगद पुरस्कार हस्तान्तरण गरिने छ ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।










-1754206481.jpg)
