Kathmandu Press

सुरक्षा परिषद्वारा इजरायल-लेबनान समुद्री सीमा सम्झौताको स्वागत

दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने सम्झौताको घोषणा गरेकामा सुरक्षा परिषद्ले बुधबार त्यसको स्वागत गरेको हो। 
सुरक्षा परिषद्वारा इजरायल-लेबनान समुद्री सीमा सम्झौताको स्वागत

संयुक्त राष्ट्रसंघ, कात्तिक ३ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल र लेबनानले समुद्री सीमा विवाद समाधानका निम्ति गरेका सम्झौताको स्वागत गरेको छ। दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने सम्झौताको घोषणा गरेकामा सुरक्षा परिषद्ले बुधबार त्यसको स्वागत गरेको हो। 

सुरक्षा परिषद्का सदस्यहरूले लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र यसलाई स्थायी रूपमा समाधान गर्न सहमत भएको घोषणाको प्रशंसा गरेका छन्। दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने परिषद्ले एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ। 

इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वी भूमध्यसागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समान रूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ।
 

लेबनान र इजरायलका नेताहरूले गत असोज २५ गते पूर्वी भूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए। 

प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, कात्तिक ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्