Kathmandu Press

१ सयले घट्यो सुनको मूल्य 

१ सयले घट्यो सुनको मूल्य 

काठमाडौं, कात्तिक ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक सयले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार सात सय थियो।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार एक सय ७० तोकिएको महासङ्घले जनाएको छ। 

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्