रगत अभावलाई सहयोग गर्न इन्जिनियर्स एशोसियसनको रक्तदान कार्यक्रम

काठमाडौं, कात्तिक २ : डेंगु संक्रमण बढेसँगै रगत अभावलाई मध्यनजर गर्दै नेपाल इन्जिनियर्स एशोसियसन बाग्मती प्रदेशले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
एसोसियसनले रगत अभाव हुनेहरुका लागि सहयोग गर्ने उद्देश्यले कार्यालय भवन बबरमलमा आयोजित उक्त कार्यक्रममा इन्जिनियरहरु सहित विभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
आयोजकका अनुसार रक्तदान कार्यक्रमबाट २० पिन्ट भन्दा बढि रगत संकलन भएको छ । रक्तदानबाट रगतको अभावमा कसैले ज्यान गुमाउन नपर्ने र रगत दान गर्ने व्यक्ति अझै स्वस्थ्य हुने भएकोले कार्यक्रम आयोजना गरिएको एशोसियसनले जनाएको छ ।
प्रकाशित मिति: २०:११ बजे, बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












