Kathmandu Press

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

झापा, कात्तिक २ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन।

झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको बताए। झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो। साथै उनले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गरे।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गरे। निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो। मङ्गलबार झापा आएका ओली आज बिहान १० बजेपछि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी भएका छन।

प्रकाशित मिति: १९:३४ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्