Kathmandu Press

वरिष्ठ नेता पौडेलद्वारा चुनावी सम्पर्क कार्यालय उद्घाटन

वरिष्ठ नेता पौडेलद्वारा चुनावी सम्पर्क कार्यालय उद्घाटन

तनहुँ, कात्तिक २ : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले व्यास नगरपालिका–९ मा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका छन।

सो अवसरमा उनले देशको भविष्य कोर्न आफूले उम्मेदवारी दिएको बताए। जनताले परिवर्तनको अनुभूति हुने गरी काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेता पौडेलले राष्ट्रलाई सही बाटो देखाउन र सही दिशामा लैजान आफू राजनीतिमा सक्रिय रहेको बताए। गाउँमा रोजगारी र आम्दानीको अवसर गाउँगाउँमा दिलाउन आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे।

उनले भने, 'सडक, बिजुली, पानी, सञ्चार र पूर्वाधार निर्माणमा लाग्यौँ, हामीले गाउँगाउँमा बाटो पुर्‍याऔँ, स्कुल पुर्‍याऔँ तर गाउँ रित्तिदै गएकाले रित्तिनेक्रम रोक्नुपर्छ, अहिलेसम्म गाउँबाट विचलित भएको मनलाई म गाउँमै सेवा र सुविधा पुर्‍याएर बसौँबसौँ बनाउन लाग्नेछु।'

देशमा सुशासन ल्याउनका लागि सबैको समर्थन र सहयोग प्राप्त गर्नका लागि, जनताकै सहयोगबाट यो हैसियतमा पुगेको र त्यसलाई निबिर्सिएको नेता पौडेलले बताए। 'उत्साह, साथीको भरोसा प्राप्त भएको छ, सहयोग र समर्थनले शक्ति प्राप्त भएको छ,' उनले भने।

प्रकाशित मिति: १९:१४ बजे, बुधबार, कात्तिक २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्