Kathmandu Press

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा
फाइल फाेटाे

कालिकाेट, कात्तिक २ : कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ । यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढीपहिरोको जोखिममै रहेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७, तिलागुफा नगरपालिकाका–७, खाडाँचक्र नगरपालिकाका–७, शुभकालिका गाउँपालिका–४, महाबै गाउँपालिका–५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।

Hardik ivf

असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी क्षति कालीकोटमा नै भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। पहिरोले स्थानीयका घर, खेत, खानेपानी, सिँचाइ कुलो, बाटोसहितको क्षति छ।

कालीकोटमा बाढीपहिरोका कारण नौ वटै स्थानीय तहमा गरी पाँच सय ९० घर पूर्णरुपले भत्किएको, सात सय ४२ घर आंशिकरुपले भत्किएको र सात सय १३ घर उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ। बाढी, पहिरामा परेर कालीकोटको छ जनाको मृत्यु भएको एक प्रहरी जवानसहित १७ जना अझैँ बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। बाढीपहिराका कारण तिलागुफा नगरपालिकामा १९ जना पहिरोमा परेको त्यसमध्ये पाँच जना शव भेटिएको भए पनि अन्य अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

प्रकाशित मिति: १९:०४ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्