Kathmandu Press

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडाैं, कात्तिक २ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन। स्वास्थ्यमा समस्या आएपछि उनलाई ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको हाे।

स्रोतका अनुसार अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेकाे थियाे। अहिले अवस्था स्थिर छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर उपचार सुरु गरिएको बताइएको छ ।

उनलाई केही दिन अस्पताल राखेर मंगलबारमात्रै डिस्चार्ज गरेर घर पठाइएको थियो । सीता दाहाल लामो समयदेखि स्नायू प्रणालीसँग सम्बन्धित जटिल रोगबाट ग्रस्त छिन् ।

प्रकाशित मिति: १८:५३ बजे, बुधबार, कात्तिक २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्