सुकुमबासी बस्तीहरुमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्न दबाब
अखिल नेपाल सुुकुमबासी संघको असोज २७ र २८ गते काठमाडौमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनमा भएका निर्णयहरु सार्वजनिक गर्न बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर परियारले सुुकुमबासी बस्तीहरुमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्न राज्यका विभिन्न निकायसँग समन्वय र दबाबमुलक कार्यक्रम गर्ने बताएका हुन्।
काठमाडाैं, कात्तिक २ : अखिल नेपाल सुुकुमबासी संघले सुकुमबासी बस्तीहरुमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्न दबाबमूलक कार्यक्रम गर्ने बताएको छ।
अखिल नेपाल सुुकुमबासी संघको असोज २७ र २८ गते काठमाडौमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनमा भएका निर्णयहरु सार्वजनिक गर्न बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर परियारले सुुकुमबासी बस्तीहरुमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्न राज्यका विभिन्न निकायसँग समन्वय र दबाबमुलक कार्यक्रम गर्ने बताएका हुन्।
त्यस्तै सरकारद्वारा गठित भूमि आयोगको कामलाई प्रभावकारी तुल्याउन सहयोग र दबाबका कार्यक्रम गर्ने उहाँले बताउनुभयो। लालपुर्जा वितरणको कामलाई तीव्रता दिन आवश्यक पर्ने नीति, विधि र प्रक्रियाका निम्ति राज्यका विभिन्न निकायसँग समन्वय र दबाबमुलक सिर्जना गर्ने पनि उनले जानकारी दिए।
बस्ती उठिबासकाविरुद्ध एकजुट भई संघर्ष गर्ने, लालपुर्जा प्राप्त नभएसम्म बस्तीहरुको रक्षा तथा भूमिहीन सुकुमबासी र अव्यवस्थितल बसोबासीहरुलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपमा प्रशिक्षित गर्ने कामलाई थप व्यवस्थित गर्ने अध्यक्ष परियारले बताए।
त्यस्तै संघको सम्मेलनले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी र संयुक्त गठबन्धनका उम्मेदवारलाई विजयी गराउन विशेष रुपमा क्रियाशील हुने निर्णय गरिएको अध्यक्ष परियारले जानकारी दिए।