Kathmandu Press

काठमाडौं महानगर-१६ का वडाध्यक्ष रिजाललाई स्पष्टीकरण

वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो।
काठमाडौं महानगर-१६ का वडाध्यक्ष रिजाललाई स्पष्टीकरण

काठमाडाैं, कात्तिक २ : निर्वाचन आयोगले काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएकामा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । 

वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो।

आचारसंहिताको दफा ५ मा  नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ‘क’ मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रचार वा गर्न नहुने तर स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराइएको छ।

स्पष्टीकरणमा भनिएको छ, 'स्थानीय कार्यपालिकाको सदस्य तथा काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षले काठमाडौँ महानगरपालिकाभित्र नेपाली कांग्रेस वा  अन्य कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लङ्घन  हुने गरी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन?'
 
पत्रमा आफू स्थानीय कार्यपालिकाको सदस्य रहँदा रहँदै काठमाडौँ महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३  को दफा २३ को उपदफा ३ बमोजिमको जरिबाना गर्नु नपर्ने हो रु भनी जवाफ माग गरिएको छ।

प्रकाशित मिति: १६:३० बजे, बुधबार, कात्तिक २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्