Kathmandu Press

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल प्रहरीकाे टिम च्याम्पियन

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल प्रहरीकाे टिम च्याम्पियन

काठमाडौं, कात्तिक २ : नवौंँ राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । आज सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो ।

प्रतियोगितामा प्रहरी ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिस्पर्धीका रुपमा रहेको सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो स्थान पाउन सफल रह्यो । 

Hardik ivf

त्यस्तै बागमती प्रदेशले १ रजत र २ कास्यसहित तेस्रो स्थान प्राप्त ग¥यो । प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन् ।

आजै सम्पन्न महिला सिङ्गल्सको स्वर्ण पदक नविता श्रेष्ठले जितिन्। पदक विजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन्। 

प्रतिस्पर्धी खेलाडी दुवै नेपाल पुलिसका हुन् । विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार रु २५ रुपैयाँ पाउन सफल बन्नुभयो भने एलिनाले रजत पदक जितिन् । प्रतियोगितामा एपिएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक जिते । यसैगरी पुरुष सिङ्गल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण जिते।

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेका हुन्। श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार प्राप्त गरे भने रुविनले रजतमा चित्त बुझाए । यसैगरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदक प्राप्त गरे। प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेश पदकविहीन रह्यो। 

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्