Kathmandu Press

सोमालियामा बालबालिकामा कुपोषणको समस्या झन् बढ्ने

उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ।
सोमालियामा बालबालिकामा कुपोषणको समस्या झन् बढ्ने

मोगादिसु, कात्तिक २ :  संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्न सक्ने जनाएको छ।

उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ।

Hardik ivf

सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यहाँको यो समस्याले थप विस्तारित रुप लिएको बताइएको छ।

युनिसेफले पछिल्ला वर्षहरुमा सोमालियमा कुपोषणबाट मृत्य हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ।

यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ।

सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका विरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको शिकार हुन पुगेका पनि बताइएको छ। 

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्