Kathmandu Press

एमालेको घोषणापत्र एकातिर, काम अर्को तिर भयो : सापकोटा

सापकोटाले नेपालको इतिहासमा ००७ सालदेखि पटक–पटक देशमा संकट हुँदा दलहरू एकैठाउँमा रहेर समस्या समाधान गर्नुपरेको स्मरण गर्दै संविधान रक्षार्थ अहिले पनि गठबन्धन गर्नुपरेको बताए।
एमालेको घोषणापत्र एकातिर, काम अर्को तिर भयो : सापकोटा

काभ्रे, कात्तिक २ : नेकपा समाजवादीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाले एमालेले घोषणापत्रको ठीक विपरित कार्य गरेको बताएका छन्। बेथानचोक गाउँपालिकाको विभिन्न स्थानमा सत्ता गठबन्धनको कार्यकर्ता भेटघाटमा नेता सापकोटाले यस्तो बताएका हुन्।

उनले एमालेको घोषणा पत्र एकातिर, काम अर्कोतिर भएको बताए। ‘गत निर्वाचनमा वाम गठबन्धन भयो, राजनितिक क्रान्ति पछिको आर्थिक क्रान्ति गर्ने नारा बनाइयो,’ नेता सापकोटाले भने, ‘तर नारा विपरित दल तथा व्यक्तिगत स्वार्थले समाजवादी अर्थतन्त्रका विपरित सामन्तवादी अर्थव्यवस्था, आर्थिक लोलुपतामा फसेकै कारण पटक–पटक सरकार विघटन गरेको र त्यसको परिणाम यो गठबन्धन जन्म भएको हो।’

सापकोटाले नेपालको इतिहासमा ००७ सालदेखि पटक–पटक देशमा संकट हुँदा दलहरू एकैठाउँमा रहेर समस्या समाधान गर्नुपरेको स्मरण गर्दै संविधान रक्षार्थ अहिले पनि गठबन्धन गर्नुपरेको बताए। उनले देशमा निरंकुशता हावी भएपछि गठबन्धनको आवश्यकता भएको उल्लेख गरे। एमालेले जसपालगायत दलसँग गरेको गठबन्धनलाई उनले प्रतिगामी गठबन्धनको संज्ञा दिए।

Hardik ivf

नेकपा एमालेको अघिल्लो निर्वाचनको घोषणापत्रको बुँदाहरु उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, कृषि, सुशासन जस्ता विषयमा अत्यन्तै राम्रा कुराहरु प्रस्तुत गरेपनि भोट पाएपछि जनतालाई पेल्न थालेको र व्यवहारमा घोषणापत्र विपरितको काम गरेको कारण नै प्रतिगमन निम्तिएको उनले उल्लेख गरे।  

कार्यक्रमका विशिष्ठ अतिथि तथा प्रतिनिधि सभा उम्मेदवार शिवप्रसाद हुमागाईले निरंकुशताको अन्त्यगरी सुशासन कायम गर्नका लागि गठबन्धनलाई मतदान गर्नुपर्ने उल्लेख गरे। उनले सडक, विद्युत,शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पहिले पनि प्रशस्तै काम गरेको बताउँदै अब पनि यस क्षेत्रको विकासमा निरन्तर लागि पर्ने बताए।

‘गठबन्धन सँगै छौं । जितपछि पनि जिम्मेवारी पुरा गर्नेछु । यो दल उ दल भनेर कति पनि विभेद गर्ने छैन । यो मेरो वाचा भयो,’ हुमागाईंले भने।  

सत्ता गठबन्ध्नका प्रदेशसभा २ (ख) का उम्मेदवार कञ्चनचन्द्र वादेले संविधानसभाको निर्वाचनमा विजयी हुँद ा बेथानचोकमा सडक निर्माणदेखि स्तरोन्नतिसम्मका काम गरेको स्मरण गर्दै त्यसपछि अहिलेसम्म केही काम बढ्न नसकेको बताए।

कार्यक्रममा माओवादी नेतृ मीना तामाङ,माओवादी समानुपातिक उम्मेदवार भोला अर्याल, काँग्रेस नेता सुरकृष्ण बैध, अच्युत पौडेल,प्रेमबहादुर तिमल्सिना, समाजवादी नेता प्रेम बजगाई लगायतले गठबन्धनको आवश्यकता तथा यस क्षेत्रको विकासका विषयमा चर्चा गरेका गरेका थिए । कार्यक्रममा नेपाली काग्रेस, नेकपा एकिकृत समाजवादी तथा नेकपा माओवादीका जिल्ला तथा स्थानीय स्तरका नेता कार्यकर्ताहरुको उपस्थित थियो ।

सत्ता गठबन्धनकाे निर्वाचन परिचालन सम्पर्क कार्यालयको बेथानचोक पालिका स्तरीय कार्यालयको उद्घाटन गरिएको छ।

प्रकाशित मिति: ११:४० बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्