Kathmandu Press

आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ।
आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, कात्तिक २ : आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ।

स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइन लागेको जनाएको छ। यससँगै एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइँदै छ।

आज छुटेका बालबालिकालाई भोलि खुवाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: ०८:१७ बजे, बुधबार, कात्तिक २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्