Kathmandu Press

एमालेकी नेत्री महतो नेपाली कांग्रेसमा प्रवेश

एमालेकी नेत्री महतो नेपाली कांग्रेसमा प्रवेश

महेन्द्रनगर, कात्तिक १ : नेकपा (एमाले)बाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेत्री फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन। महतो अखिल महिला सङ्घको सचिवालय सदस्यसमेत छन।

महतोलाई कांग्रेसका सहमहामन्त्री, पूर्वमन्त्री तथा धनुषा नम्बर–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराएका छन। सो अवसरमा महतोले भने मधेसको पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको बताइन।

जनताको सुखदुःखमा साथ रहनु नै एउटा सच्चा नेताको जिम्मेवारी हुने भन्दै उनले त्यो प्रमाणित गर्न पनि आफू मधेसको पक्षमा उभिँदै कांग्रेसमा प्रवेश गरेको बताइन। 'मुलुकमा सबैभन्दा बढी नागरिकताविहीन मधेसमै छन् र अहिले मधेसको मुख्य मुद्दा पनि नागरिकता नै हो,' महतोले भने। कांग्रेस सहमहामन्त्री यादवले महतोलाई कांग्रेसमा प्रवेश गरेकामा बधाई दिँदै मधेसका मुद्दालाई थप सशक्त ढङ्गले उठाइने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, कात्तिक १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्