Kathmandu Press

चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडाैं, कात्तिक १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन।

वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबीच रहेको गठबन्धन कायम रहने बताए। काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख को  चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए।

Hardik ivf

विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरूबीच बाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताए। संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि आफूहरूले गठबन्धन बनाएको उनको भनाइ छ।

जनताको समृद्धिको आकाङ्क्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तररुपमा अघि बढाउने उनले बताए। काठमाडौँ ८ मा आफूले सुरु गरेका कयौँ परियोजना निरन्तरताका लागि आफू उम्मेदवार बनेको मन्त्री श्रेष्ठले बताएका थिए। विगतमा राष्ट्रियसभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउदै उनले गठबन्धनका दलहरूबीच चुनावमा इमान्दारिता कायम हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्