Kathmandu Press

विकास र राजनीतिक सँगसँगै : वरिष्ठ नेता पौडेल

विकास र राजनीतिक सँगसँगै : वरिष्ठ नेता पौडेल

तनहुँ, कात्तिक १ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिकलाई सँगसँगै लैजान आवश्यक रहेको बताएका छन। जिल्लाको व्यास नगरपालिका–१० सेवरमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता पौडेलले विकास र राजनीतिलाई सँगसँगै अघि बढाएर अधुरा काम पूरा गर्ने इच्छा रहेकाले चुनावी मैदानमा उत्रिनु परेको बताए।

'जीवनमा एक पटक अवसर आउँछ, त्यो अवसर तपाईंहरूलाई आएको छ,' उनले भने, 'चुनाव जितेपछि अझै विकासमा मुहार फेर्ने गरी काम  गर्ने मेरो धोको छ ।' सत्तामा रहँदा नरहँदाको परिणामको लेखाजोखा गरेको बताउँदै नेता पौडेलले आफू जितेको अवस्थामा मेरा अधुरा योजनाले सहजरुपमा मूर्तरुप पाउने बताए। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता देखिएकाले देशलाई निकास दिन गठबन्धन गरेर अघि बढेको बताए।

Hardik ivf

कार्यक्रममा कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार अशोककुमार श्रेष्ठ, नेकां महासमिति सदस्य एवं प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य ओमकुमारी पौडेल, कांग्रसका समानुपाति उम्मेदवार चिनु पोख्रेल, माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार बसन दरैलगायतको सहभागिता रहेको थियो।  

गठबन्धनका उम्मेदवारले कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका बनाएर गत शुक्रबारदेखि तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न पालिकाका वडा वडामा पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन्।

प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्