Kathmandu Press

टर्किएको क्यापाडोसियामा हट एयर बलुन दुर्घटनामा दुई स्पेनी पर्यटकको मृत्यु, तीन घाइते

टर्किएको क्यापाडोसियामा हट एयर बलुन दुर्घटनामा दुई स्पेनी पर्यटकको मृत्यु, तीन घाइते

अङ्कारा, कात्तिक १ : टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य क्यापाडोसियामा मङ्गलबार तातो हावायुक्त बलुन दुर्घटना हुँदा दुई स्पेनी पर्यटकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

एक निजी कम्पनीको बलुन नेभसेहिर प्रान्तको एभानोस जिल्लाको जेल्भ भग्नावशेषबाट उडेको र अप्रत्याशित गतिमा आएको हावाका कारण किलिक क्षेत्रमा आकस्मिक अवतरण गरेको प्रान्तीय कार्यालयले जनाएको छ ।

Hardik ivf

बलुनमा कुल २८ यात्रु र दुईजना चालक दलका सदस्य सवार थिए । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण हावाको गतिमा अप्रत्याशित वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ।

प्राकृतिक चट्टान संरचनायुक्त उपत्यका, भूमिगत बस्तीहरू, गुफा होटलहरू एवं ऐतिहासिक गुम्बाहरू भएको क्यापाडोसिया तातो हावायुक्त बलुन सवारीहरूको लागि परिचित छ ।

यो यस्ता  प्रसिद्ध विश्वभरका गन्तव्यहरू मध्ये एक हो । यहाँ आगन्तुकहरूले  उचित मौसमका कारणले लगभग वर्षैभरि बलुन सवारीको आनन्द लिन सक्छन्।

प्रकाशित मिति: १७:५६ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्