Kathmandu Press

भक्तपुरमा ५३ जनाले गरे रक्तदान 

भक्तपुरमा ५३ जनाले गरे रक्तदान 

भक्तपुर, कात्तिक १ : भक्तपुरमा मंगलबार ५३ जनाले रक्तदान गरेका छन् । 

रोटरी क्लब भक्तपुरले सानोठिमीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ । 

रोटरी क्लब भक्तपुर , रोट्र्याक्ट क्लब अफ भक्तपुर, रोट्र्याक्ट क्लब केएमसी दुवाकोटका सदस्य सहित युसेप नेपालका पदाधिकारी तथा युसेप नेपालका सदस्यहरुको सक्रिय सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ।  

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले पनि सहयोग गरेको थियो।

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्