Kathmandu Press

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।
मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

झापा, कात्तिक १ : झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।

Hardik ivf

मत्यु हुनेमा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरको मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो।

भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन्। घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ।

दुर्घटनामा संलग्न दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: ०७:२५ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्