रुपन्देही-३ मा एमाले, राप्रपा र जसपाकाे संयुक्त प्रचार कार्यालय उद्घाटन
उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले सत्तागठबन्धनका नेताहरुले २ खर्ब पैसा बोरामा हालेर घरमा लुकाएको आरोप लगाए।
रुपन्देही, असाेज ३१ : रुपन्देही-३ मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले सत्तागठबन्धनका नेताहरुले २ खर्ब पैसा बोरामा हालेर घरमा लुकाएको आरोप लगाए।
थापाले राष्ट्रघाती सत्तागठबन्धनलाई हराउन राष्ट्रवादी शक्तिहरू एक भएर चुनावमा होमिएको बताउदै आगामी चुनाव राष्ट्रवादी शक्तिको पक्षमा हुने जिकिर गरे। उनले नेताहरुले लुकाएर राखेको अवैध रकमलाई बाहिर ल्याउने दाबी गरे।
पूर्वमन्त्री थापाले चुनावपछि केपी ओलीको सरकार बन्ने र २ खर्ब पैसा बाहिर निकाल्ने दाबी गरे।
त्यस्तै क्षेत्र नं.३ ख प्रदेशका उम्मेदवार समेत रहेको नेकपा एमालेका नेता तुलसी प्रसाद चौधरीले सत्तागठबन्धनको भन्दा आफुहरुको मत धेरै भएको दाबी गर्दै यो निर्वाचनमा जित हासिल गर्ने बताए।
कार्यक्रममा नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र तथा जसपाका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










