Kathmandu Press

आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री गुरुङको निधन

आज (सोमबार) दिउँसो १ बजेर ४५ मिनेट जाँदा ललितपुरको हिरिसिद्धि क्यान्सर अस्पतालमा उनको निधन भएको हो। 
आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री गुरुङको निधन

काठमाडौं, असोज ३१ : नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री प्रा.डा. ओम गुरुङको ६८ वर्षको उमेरमा निधन भएको छ। 

आज (सोमबार) दिउँसो १ बजेर ४५ मिनेट जाँदा ललितपुरको हिरिसिद्धि क्यान्सर अस्पतालमा उनको निधन भएको हो। 

उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा जन्मिएका गुरुङले ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरे। त्यसक्रममा उनी १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख पनि भए। विभाग प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरणसम्बन्धी विस्तृत किताब ‘सोसल इन्क्लुजन एटलस अफ नेपाल’ सार्वजनिक भएको थियो। उनी नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार समितिका अध्यक्षसमेत रहिआएका थिए।

सन् १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए। गुरुङका श्रीमती, एक छोरा र दुई छोरी छन्।
विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, असोज ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्