Kathmandu Press

प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री कार्की 

प्रदेश प्रहरी कार्यालय नं १ विराटनगरले ६७औँ प्रहरी दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको प्रयोग गर्न राजमार्ग र मुख्य सडक क्षेत्रमा सिसीटिभी जडानकार्य भइरहेको बताए।
प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री कार्की 

मोरङ, असाेज ३१ : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिने बताएका छन्।  

प्रदेश प्रहरी कार्यालय नं १ विराटनगरले ६७औँ प्रहरी दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको प्रयोग गर्न राजमार्ग र मुख्य सडक क्षेत्रमा सिसीटिभी जडानकार्य भइरहेको बताए।

Hardik ivf

मन्त्री कार्कीले प्रदेश सरकारले सुरक्षित प्रहरीबाट सुरक्षित समाज र नागरिकसमेत सुरक्षित हुने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयहरुको मर्मतगर्न सहयोग उपलब्ध गराएको बताएका छन्। 

कार्यक्रममा प्रहरी दिवसको उपलक्ष्यमा अमर प्रहरी स्मारकमा माल्यार्पण, उत्कृष्ण प्रहरीलाई सम्मान गरिएको थियो।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले स्वदेश तथा विदेशमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीको ठूलो योगदान रहेको बताए। 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भयरहित वातावरणमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न प्रहरीको काँधमा आएको जिम्मेवारी सफलतापूर्वाक सम्पन्न गर्ने विश्वास व्यक्त गरे।

प्रदेश प्रहरी कार्यालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षकद्वय राजेश बाँस्तोला एवं जयराज सापकोटाले   शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न  निरन्तरकार्य गरिरहेको धारणा राखे।

सो अवसरमा रु एक लाख राशिको साधनादेवी उत्कृष्ण प्रहरी पुस्कारबाट प्रहरी नायब निरीक्षक भक्तबहादुर श्रेष्ठ र  हबल्दार भुवेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको थियो।

यसैगरी स्व। विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक पुरस्कारबाट प्रहरी हबल्दार तुलसीप्रसाद पोखरेललाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो।

प्रकाशित मिति: १६:०० बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्