मनानइयाे विश्व बसोबास दिवस
युएन ह्याबिट्याटले प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने गरेकोमा नेपालमा सोही अवधिमा दशैंको बिदा परेकाले तेस्रो सोमबार यो दिवस मनाइएको हो।
काठमाडाैं, असाेज ३१ : विश्व बसोबास दिवस समावेशी सहरबस्तीको आवश्यकता, सबैको साझा प्रतिबद्धता भन्ने नाराका साथ सोमबार मनाइएको छ।
युएन ह्याबिट्याटले प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने गरेकोमा नेपालमा सोही अवधिमा दशैंको बिदा परेकाले तेस्रो सोमबार यो दिवस मनाइएको हो।
दिसवका अवसरमा शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा व्यवस्थित शहरी विकास र स्मार्ट सिटी लगायतका विषयमा विभिन्न निकायले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले नेपालमा शहरी जनसंख्या तीब्र गतिमा बढेको बताए।
उनले हाल नेपालमा कुल जनसङ्ख्याको ६६.०८ प्रतिशत सहरी क्षेत्रमा बसोबास गर्ने गरेको जानकारी दिए। उनले स्मार्ट सिटी निर्माणको काम जारी रहेको पनि जानकारी दिए। नेपालको संविधानले समावेशी विकासको अवधारणा अवलम्बन गरेकाले स्मार्ट सिटी र नयाँ सहरहरुमा ती कुराहरु समेट्ने उनले बताए। उनले भौगोलिक रुपमा विकट र प्राकृतिक विपद्को उच्च जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरणमा पनि चुनौती देखिएको बताए।
संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) ले प्रकाशित गरेको विश्व सहरी प्रतिवेदन २०२२ को विवरण अनुसार विकसित राष्ट्रहरुमा ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्छन्। यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण पनि गरिएको छ।












