Kathmandu Press

आफ्नो सहयाेग नीति परिमार्जन गर्न आइएमएफलाई पाकिस्तानी अर्थमन्त्रीकाे आग्रह

मध्य पूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तानको बैठकमा बोल्दै मन्त्रीले बाढी प्रकोपका कारण उत्पन्न भएको पाकिस्तानको अवस्थाप्रति आफ्नो प्रतिक्रिया परिमार्जन गर्न आईएमएफलाई आग्रह गर्नुभएको जियो न्यूजले जनाएको छ। 
आफ्नो सहयाेग नीति परिमार्जन गर्न आइएमएफलाई पाकिस्तानी अर्थमन्त्रीकाे आग्रह

वाशिङ्टन, असाेज ३१ : पाकिस्तानका अर्थमन्त्री इशाक दारले आइतबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र बहुपक्षीय दाताहरूलाई विनाशकारी बाढीको बीचमा आफ्नो सहयोग नीति परिमार्जन गर्न आग्रह गरेका छन्। 

मध्य पूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तानको बैठकमा बोल्दै मन्त्रीले बाढी प्रकोपका कारण उत्पन्न भएको पाकिस्तानको अवस्थाप्रति आफ्नो प्रतिक्रिया परिमार्जन गर्न आईएमएफलाई आग्रह गर्नुभएको जियो न्यूजले जनाएको छ। 

उनले कार्यक्रम पूरा गर्न पाकिस्तानको प्रतिबद्धताको सङ्गठनलाई आश्वासन दिँदै आईएमएफबाट थप नीतिगत सहयोगको लागि आग्रह गरेका हुन्।  वासिङ्टन भ्रमणका क्रममा दारले धेरै महत्वपूर्ण भेटघाट गरेका थिए। 

Hardik ivf

यसवर्षको मनसुनी वर्षामा आएको बाढी र पहिरोका कारण निकै क्षति पुगेकाले पाकिस्तान यतिबेला निकै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बताएका थिए।

उनले पाकिस्तानमा आएको बाढीले बाटोघाटोका साथै अन्य अत्यावश्यक भौतिक संरचनामा पनि क्षति पुगेको र अहिले विस्तारै त्यसको पुनर्निर्माण गर्दै अघि बढेको प्रधानमन्त्री सरिफले बताएका हुन्। 

आइतबार पाकिस्तानमा पनि मनाइएको विश्व खाद्य दिवसका अवसरमा इस्लामावादमा सम्बोधन गर्दै उनले सो कुरा बताएका थिए।

प्रधानमन्त्री सरिफले यस वर्षको मनसुन पाकिस्तानमा निकै नै विनाशक भएर आएको र यसले पाकिस्तानको जनजीवनलाई निकै नै क्षति पुर्‍याएको बताएका थिए।

उनले यस प्राकृतिक बिपत्तिले पाकिस्तानको कम्तीमा पनि तीन करोड ३० लाख भन्दा बढी जनसङ्ख्यालाई प्रभावित पारेको र भौतिक सम्पत्तिको ठूलो क्षति गरेको र ती भौतिक संरचनाको निर्माणका लागि पाकिस्तानले विदेशी सहयोग आदिबाट सुरुआत गरेको पनि बताए।

आइतबार विश्व खाद्य दिवस विश्वका विभिन्न देशका खाद्यान्नको आवश्यकता, यसको उपलब्धता र आगामी दिनमा खाद्यान्नको सुनिश्चितताजस्ता विषयमा आवश्यक छलफल र परामर्श गरी मनाइएको छ।

साथै संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम लगायतका विश्वका अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले पनि आगामी दिनहरुमा जलवायु परिवर्तनका कारण विश्वमा खाद्यान्न अभावका थप समस्याहरु झेल्नुपरिरहेकाले यसतर्फ सबै सचेत हुनुपर्ने सन्देश पनि यस दिवसका अवसरमा दिइएको छ।

त्यस अवसरमा प्रधानमन्त्री सरिफले जलवायु परिवर्तनका कारण आगामी दिनहरुमा यस्तो प्राकृतिक बिपत्ति थप आउन सक्ने भन्दै यसबाट बच्ने र खाद्यान्न अभावका समस्याबाट बच्ने उपायहरुको अवलम्बन गर्नका लागि विश्वले नै सचेत भएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्