Kathmandu Press

रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण

किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र  त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ।
रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण

किभ, असाेज ३१ : रुसले सोमबार बिहान  किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ।  युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ।

किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र  त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ।

‘राजधानीमा कामिकाजे ड्रोनद्वारा हमला गरिएको छ,’ राष्ट्रपतिका चीफ अफ स्टाफ एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भनेका छन्। 

‘हामीलाई थप वायु रक्षा प्रणाली र सकेसम्म चाँडो चाहिन्छ। आकाशको रक्षा गर्न र शत्रुलाई नष्ट गर्न थप हतियारहरु चाहिएको’ उनले बताएका छन्।

रसियाले युक्रेनको राजधानी र देशका विभिन्न सहरहरुमा क्षेप्यास्त्र आक्रमणको ठूलो लहर जारी गरेको एक हप्तापछि आक्रमणहरू भएका जनाइएको छ  । 

किभका मेयर भिटाली क्लिट्स्कोले ड्रोन आक्रमणले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लाका धेरै भवनमा आगो लागेको र त्यहाँका बासिन्दाहरूलाई शरण लिन चेतावनी दिएको बताएका छन्।

प्रकाशित मिति: १५:१२ बजे, सोमबार, असोज ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्