बाग्मतीका प्रदेश प्रमुखले जारी गरे २ अध्यादेश

काठमाडौं, असोज ३१ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार दुई अध्यादेश जारी गरेका छन् ।
प्रदेश प्रमुख शर्माले जारी गर्नुभएको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधार १ बमोजिम बागमती प्रदेश सरकारले सिफारिस गरेको उक्त अध्यादेश जारी गरेका हुन्।
प्रकाशित मिति: १४:२९ बजे, सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











