निर्जीवन र जीवन बीमा कम्पनीमा आज खरिदकर्ताको चाप
काठमाडौं, मंसिर २६ : सात दिनदेखि लगातार बढेको बजार बिहीबार पनि सकारात्मक रह्यो। अघिल्लो दिन लघुवित्त र निर्जीवन बीमामा क्रेता हाबी रहेकोमा बिहीब....
काठमाडौं, मंसिर २६ : सात दिनदेखि लगातार बढेको बजार बिहीबार पनि सकारात्मक रह्यो। अघिल्लो दिन लघुवित्त र निर्जीवन बीमामा क्रेता हाबी रहेकोमा बिहीबार लघुवित्तमा ० दशमलब ४९ प्रतिशतको गिरावट देखिए पनि निर्जीवन र जीवन बीमाको माग बढेसँगै बजार वृद्धि भएको छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११ दशमलव १७ अंकले बढेर ११७२ दशमलव ६४ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव ९६ प्रतिशतले बढेको छ। ११६२ दशमलव २६ को विन्दुमा खुलेको दोस्रो बजार ११७५ दशमलव ३१ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु ११५९ दशमलव ९१ रहँदा ७६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बढेको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्तको संस्थापक शेयर किनबेच भएको छ। स्वावलम्बन लघुवित्तको ८ करोड २८ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने गुराँस लघुवित्तका शेयरधनीले सर्वाधिक ४ दशमलव ७७ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिले १ दशमलव ७५ प्रतिशत बोनश शेयर र ९ दशमलव ८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको निष्कर्ष अनुसार बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको देखिन्छ र यदि बजार ११६६ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार ११७५ दशमलव ३१ विन्दुसम्म पुगे पनि नेप्से परिसूचक ११७२ दशमलव ६४ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार पुनः अर्को प्रतिरोध क्षेत्र नजिक पुगेको देखिन्छ। आज बजारले बुलिस मैनबत्ती आकृति बनाएको छ। यसले आज पनि बजारमा विक्रेताभन्दा क्रेताको चाप रहेको संकेत गरेको छ। अन्तिम दिनको मैनबत्तीलाई परिमाणले समर्थन गरेको देखिन्छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजारले आज पनि त्यही निरन्तरता पाएको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) हरु एकापसमा फराकिलो हुँदै गएकाले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६० दशमलव ७२ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सकारात्मक रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा पुनः क्रेता हाबी हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको देखिन्छ। यदि बजार ११७५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को मुख्य प्रतिरोध ११८० देखि १२०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, हाल बजारको तत्कालीन सामान्य टेवा ११६० देखि ११६५ को क्षेत्रमा रहेको देखिन्छ।