Kathmandu Press

नेपाली सेनाका हुद्दा झुन्डिएको अवस्थामा मृत फेला

नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका भुवन पुडासैनी आज (सोमबार) बिहान झुन्डिएको अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
नेपाली सेनाका हुद्दा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं, असोज ३१ : काठमाडौंको गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवननजिक नेपाली सेनाका एक हुद्दा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका भुवन पुडासैनी आज (सोमबार) बिहान झुन्डिएको अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

उनका अनुसार पुडासैनीले आत्महत्या गरेको खुलेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको उनले बताए। पुडासैनी गल्फ खेलाडी पनि रहेको बुझिएको छ।

प्रकाशित मिति: १३:२१ बजे, सोमबार, असोज ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्