भारतीय कांग्रेस पार्टी अध्यक्षको चुनाव आज
भारतमा कांग्रेस पार्टी अध्यक्ष चयन गर्न आज चुनाव हुँदै छ।
काठमाडौं, असोज ३१ : भारतमा कांग्रेस पार्टी अध्यक्ष चयन गर्न आज चुनाव हुँदै छ।
कांग्रेस पार्टी अध्यक्षका लागि मल्लिकार्जुन खर्गे र शशी थरुर उम्मेदवार रहेका छन्। आजको चुनावसँगै गान्धी परिवारबाट कांग्रेस नेतृत्व बाहिरिनेछ।
अहिले कांग्रेस अध्यक्ष सोनिया गान्धी छिन्। यसअघि राहुल गान्धीले अध्यक्षबाट राजीनामा दिएपछि उनी अन्तरिम अध्यक्षका रुपमा नेतृत्व गरिरहेकी छन्।
कांग्रेस नेतृत्व चयनका लागि आज मतदान हुनेछ। मतगणना भने बुधबार हुने तय गरिएको छ।
कांग्रेस अध्यक्षको चुनवाका लागि देशभरबाट नौ हजार आठ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ।
सन् २००० मा जितेन्द्र प्रसादलाई पराजित गरेर सोनिया गान्धी कांग्रेस अध्यक्ष बनेकी थिएइन्। त्यसपछि लगातार सन् २०१७ सम्म गान्धी नै अध्यक्ष रहेकी थिइन्।
त्यसपछि उनका छोरा राहुल गान्धी अध्यक्ष बनेका थिए। सन् २०१९ को चुनाव हारेपछि उनले राजीनामा दिएका थिए। राहुलले राजीनामा दिएपछि सोनिया नै अन्तरिम अध्यक्षको रुपमा कांग्रेसको नेतृत्व गर्दै आएकी छन्।
यस पटक गान्धी परिवारबाट अध्यक्षमा उम्मेदवारी दिइएको छ। जसले गर्दा २२ वर्षपछि गान्धी परिवार बाहिरको व्यक्ति अध्यक्ष हुने पक्का भएको छ।



-1744698085.png)








