Kathmandu Press

फुल कन्ट्याक्ट कराँतेमा गण्डकीलाई चार स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदक जितेको छ।
फुल कन्ट्याक्ट कराँतेमा गण्डकीलाई चार स्वर्ण

पोखरा, असोज ३१ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदक जितेको छ।

गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए। महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्। उनले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरिन्।

कराँतेमा पुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो। त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो।

Hardik ivf

खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन्। उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण हात पारेका हुन्।

पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेकी छन्। उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेकी हुन्।

पुरुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन्।

पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण प्राप्त गरेका छन् भने नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत प्राप्त गरेका छन्।

यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राइलाई पराजित गरी स्वर्ण हात पारेका छन्। ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत हात पारेका छन्।

पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन्।

महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीकी मञ्जु विकले स्वर्ण पदक जितेकी छन्। उनले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितेकी हुन्। ५०–५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन्।

४५–५० केजी तौल समूहमा वागमती प्रदेशकी नवीना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जितेकी छन्। ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन्। (रासस)    

प्रकाशित मिति: ०७:४१ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्