Kathmandu Press

बन्दिपुरमा हाइक फर क्लाइमेट एक्सन  र मेयर फोरम कार्यक्रम

शुक्रबार साँझ युनेस्को महासंघ नेपालका अध्यक्ष एवं भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र  युनेस्को अफिस काठमाडौका युथ इनगेजमेन्ट स्पेशलिष्ट सविन लामिछाने को उपस्थितिमा बाग्मती युनेस्को क्लव, ग्रीन आर्मी युनेस्को क्लव, गण्डकी युनेस्को क्लव, भानु युनेस्को क्लव, रुपाकोट युनेस्को क्लव, वन्दिपुरको प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा फेलोसिप कार्यक्रम भएको थियो ।
बन्दिपुरमा हाइक फर क्लाइमेट एक्सन  र मेयर फोरम कार्यक्रम

तनहुँ, असोज ३० : बन्दिपुर युनेस्को क्लवको आयोजनामा तनहुँको बन्दिपुरमा क्लव सदस्यहरुको फेलेसिप क्याम्प अन्र्तगत युनेस्को क्लव रिजिनल बैठक, होमस्टेमा सांस्कृतिक कार्यक्रम, हाइक फर क्लाइमेट एक्सन अन्र्तगत हाइकिङ, क्लासमेट चेन्ज र पालिका प्रमुखहरुको बिच मेयर फोरम कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार साँझ युनेस्को महासंघ नेपालका अध्यक्ष एवं भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र  युनेस्को अफिस काठमाडौका युथ इनगेजमेन्ट स्पेशलिष्ट सविन लामिछाने को उपस्थितिमा बाग्मती युनेस्को क्लव, ग्रीन आर्मी युनेस्को क्लव, गण्डकी युनेस्को क्लव, भानु युनेस्को क्लव, रुपाकोट युनेस्को क्लव, वन्दिपुरको प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा फेलोसिप कार्यक्रम भएको थियो ।

Hardik ivf

यसैगरी शनिबार भानु नगरपालिका का मेयर आनन्दराज त्रिपाठी, बन्दिपुर गाउँपालिका का अध्यक्ष सुरेन्द्र थापा र आँबुखैरेनी गाउँपालिका का अध्यक्ष शुक्र चुमानको उपस्थितिमा मेयर फोरम २०२२ कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा ३ वटै पालिकाका प्रमुखहरुले युनेस्को क्लव संग सहकार्य गरी संयुक्त रुपमा गर्न सकिने कामहरुको बिषयमा छलफल भएको थियो ।

पालिका प्रमुखहरुद्धारा आफ्नो पालिकाले गरेका कामहरु तथा अव गर्न सकिने कार्यहरु लगायत स्वास्थ्य, शिक्षा, बिकास निमार्ण  तथा पर्यटन, संस्कृति, फोहर ब्यबस्थापन लगायत बिवरण समेत प्रस्तुत भएको थियो । बन्दिपुर फेलोसिप कार्यक्रमले युनेस्को को क्षेत्र संग जोडिएर स्थानिय तहहरुबाट नै शिक्षा, स्वास्थ्य, बिज्ञान, संचार, संस्कृति, पर्यटन, बातवरण, सरसफाइ जस्ता बिषयमा कार्यहरु गर्न सहज हुने अपेक्षा गरिएको आयोजक क्लव बन्दिपुर युनेस्को क्लव का अध्यक्ष टिकाराम पनेरुले बताए ।

साथै युनेस्को महासंघ नेपालको ५० औ बार्षीकोत्सव  को अवसर मा अन्तराष्ट्रिय शान्ती दिवसको अवसरमा उपस्थित सम्पुर्णको हस्ताक्षर संकलन गरी अभियान समेत संचालन गरिएको थियो ।

प्रकाशित मिति: २१:१८ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्