Kathmandu Press

नयाँ र आकर्षण फिचरसहित आयो ‘जाउँ गुरु’

जाउँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरु रहेका छन् ।
नयाँ र आकर्षण फिचरसहित आयो ‘जाउँ गुरु’

काठमाडौं । नयाँ राइड सेयरिङ एप  ‘जाउँ गुरु’ सुरु भएको छ । नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’ को भीडमा जाउँ गुरु प्रा.लि.ले आइतबार काठमाडौँ स्थित होटल र्‍याडिसनमा एक कार्यक्रमकाबीच  ‘जाउँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो ।

यस कम्पनीको लगानीकर्तामा तीन युवाहरु इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन् । प्रवासमा रहेका लिङ्देन र लिम्बु लण्डनमा बसेर व्यापार व्यवसाय र समाजसेवामा आवद्व छन् भने अर्यालले युथ पालियामेन्ट नेपाल संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रियाकलाप युवाका सवालका बिषयमा गर्दै आईरहेका छन् ।

जाउँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरु रहेका छन् ।

1 pp1665933678.jpg

मोटरसाईकल र ट्याक्सी राइडर यस संस्था/एपसँग आवद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्नु, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरु जो कोहीले रिफर गरेवापत कमिसन पाउने व्यवस्था, आपतकालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ ।

नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरुले मोटरसाईकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका अलवा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जीप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने छ । यससँगै अव हाललाई काठमाडौंमा बसोबास गर्नेहरुलाई कोठा सर्नका लागि मिनी ट्रक, बाईकको डेलिभरी, खानेपानीको आपूर्ती र लामो दुरीका लागि जीप भाडामा लिन सकिनेछ । नेपालमै पहिलो पूर्ण सवारी सुविधा भएको एपले यात्रुहरुको यात्रालाई सहज त बनाउँछ नै यसमा आवद्व ‘राईडर’ हरुलाई आफ्नो सवारीबाट आय आर्जन गर्ने अवसर समेत दिनेछ ।  

photo 21665933680.jpg

यस एपले दैनिक यात्रालाई सहज बनाउन फरक सुबिधाका साथ सार्वजनिक गर्न पाउँदा आफूहरुलाई खुुसी लागेको जाउँ गुरुका अध्यक्ष रहेका इन्द्रहाङ लिङ्देनले जानकारी दिए । अहिले काठमाडौँ उपत्यकामा मात्र सेवा उपलब्ध भएको र आगामी दिनमा मोफसलमा पनि बिस्तार गरिने लिङ्देनको भनाइ छ । यस्तै उनले अन्य राइड सेयरिङ एपको तुलनामा यो निकै सलभ र सुलभ भएको समेत जानकारी दिए ।

प्रवासबाट नेपालमा आएर आफ्नै नेपालीहरुमाझ नै केही गरौं भन्ने उद्देश्यले नेपालीहरुको दैनिकीलाई सहज बनाउन जाउँ गुरु शुरु गरिएको जाउँ गुरुको भाइस चेयरम्यान तथा चिफ अपेटिङ अफिसर खुशी लिम्बुले बताए । नेपाली युवाहरुले नेपालका लागि नेपालमै बनाईएको एप भएकाले यस एप प्रयोगकर्ता र राईडरका लागि समेत एप प्रयोग गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ ।

pp31665933815.jpg

कार्यक्रममा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. बद्री केसीले सामान्य वोलीचालीको भाषामा सवारी चालकलाई गुरु भन्ने गरिएको र त्यही शब्दबाट एपको निर्माण गरिएकोले नामाकरण निकै राम्रो भएको भन्दै विदेशमा सिकेर नेपालमा लगानी गर्नेहरु वढिरहेको बेलामा प्रवासी नेपालीको समूहले शुरु गरेको यस एपले थप एक इट्टा थप्ने काम गरोन् भनी शुभकामना समेत दिए ।

अभिनेत्री करिश्मा मानन्धर र अभिनेता दयाहाङ राईले नेपालीले नेपालमै बनेको एप भएकाले सबैलाई प्रयोग गर्न सुझाव दिदैं आफूहरुले पनि सदैव उक्त एपको प्रयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । चलचित्र निर्माता एवं कवि उपेन्द्र सुब्बाले पछिल्लो समय अन्य एपहरु अलि अब्यबहारिक, झण्झटिलो र महँगो भईरहेको बेलामा जाउँ गुरुले सस्तो, सुलभ र यात्रुहरुलाई सहज सेवा दिनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: २०:५० बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्