Kathmandu Press

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्या

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्या

ढाका, असाेज ३० : बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ ।

करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेश विशाल शिविरमा आश्रय दिइरहेको छ ।

Hardik ivf

हालैका महिनाहरूमा अव्यवस्थित बस्तीहरूमा हिंसा बढेको छ, गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीहरूको नागरिक नेतृत्वलाई हत्या र अपहरणमार्फत् तर्साउने गरिरहेका छन् ।

प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरेका छन।

एक दर्जनभन्दा बढी रोहिङ्ग्या उपद्रवीहरूले क्याम्प १३ का प्रमुख ३८ वर्षीय मौलवी मोहम्मद युनुसको हत्या गरेका थिए। उनीहरुले अर्का माझी ३८ वर्षीय मोहम्मद अनवरको पनि हत्या गरेका छन् । युनुसको घटनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको थियो।

‘माझी’ रोहिंग्या शिविरका नेताका लागि एउटा शब्द हो ।

शिविरमा सुरक्षाको जिम्मा पाएको इकाइका एक वरिष्ठ अधिकारीले म्यान्मारमा सेनासँग लडिरहेको विद्रोही समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए) लाई मारिएको आरोप लगाएका छन् ।

'यो एआरएसएद्वारा लक्षित हत्याहरू हुन् । म्यान्मारको आन्तरिक द्वन्द्वले शिविरको सुरक्षा अवस्थालाई प्रभावित गरिरहेको छ,' संवेदनशील सूचनाबारे नाम नबताउने शर्तमा उनले भने।

‘याबा मेथाम्फेटामाइन’ चक्कीमा केन्द्रित लागुऔषधको कारोबार नियन्त्रणका लागि गिरोहले लामो समयदेखि युद्ध लड्दै आएको छ, तर बङ्गलादेशको कक्स बजार जिल्लाका प्रहरी प्रमुखले त्यहाँ तनाव बढेको बताएका छन।

'पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिङ्ग्याको हत्या भएको छ। गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको छ,' महफुजुल इस्लामले एएफपीसँग भने।

रोहिङ्ग्या समुदायका एक नेता र शनिबार मारिएकामध्ये एकका भतिजाले पनि हत्याका लागि एआरएसएलाई दोषी ठहराएका छन् ।

'एआरएसएले हिजो राति मेरो काकाको हत्या गरेको छ । मेरो काकाले उनीहरूलाई लागूपदार्थको कारोबार नगर्न भन्नुहुन्थ्यो । उहाँले शिविरहरूमा स्वेच्छाले गस्तीको निरीक्षण गर्नुहुन्थ्यो । उनीहरूले मेरो काकाको हत्या गरे,' मृतकका भतिजाले आफ्नो सुरक्षाको डरले नाम नबताउने शर्तमा भने ।

एआरएसएले शनिबारको हत्याबारे सार्वजनिक रुपमा कुनै टिप्पणी गरेको छैन ।

गत वर्षको सेप्टेम्बरमा शीर्ष रोहिङ्ंग्या नेता मोहिब उल्लाहको हत्या गरेको आरोपमा यस वर्षको सुरुमा यसका केही सदस्यमाथि अभियोग लगाइएको थियो । एआरएसएले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा स्वागत गरेका उल्लाहको हत्यापछि बङ्गलादेशी अधिकारीहरूले ठूलो कारबाही सुरु गरेका थिए र कम्तीमा आठ हजार संदिग्ध एआरएसए सदस्यहरूलाई गिरफ्तार गरिएको थियो।

प्रकाशित मिति: २०:४६ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्