Kathmandu Press

इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते

इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते
Hardik ivf

तेहरान, असाेज ३० : तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ ।

इभिन कारागारको वार्डका केही कैदीहरूबीच हिजो राति भएको झडप र आगलागीपछि  सो दुर्घटना  भएको हो । विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र  उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए। घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।  प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो।

प्रकाशित मिति: १९:११ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्