Kathmandu Press

ताप्लेजुङमा सामाजिक सञ्जालमा कडाइ

ताप्लेजुङमा सामाजिक सञ्जालमा कडाइ

फुलिफाङ, असाेज ३० : आगामी प्रतिनिधिसभा र  प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति ताप्लेजुङले सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको हो।

फेसबुक सहितका सामाजिक सञ्जाल प्रयोग गरेर कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा सूचना सम्प्रेषित गर्ने कार्य भएमा कडाइका साथ प्रस्तुत हुने प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए। सरकारी कर्मचारी, शिक्षक तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्विटरलगायत अन्य सामाजिक सञ्जाल प्रयोग गरेर कसै उम्मेदवारको पक्ष वा विपक्षमा आफ्नो टिप्पणी लेख्ने, अरुले लेखेको सामग्री शेयर गर्ने तथा लाइक वा कमेन्ट गर्ने कार्य गरेमा कडाइका साथ कारबाही गर्ने योजना बनेको जिल्ला न्यायाधीश तथा  मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले बताइन।

प्रकाशित मिति: १८:३४ बजे, आइतबार, असोज ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्