अन्तिम हवाई सम्झौताका लागि नेपाललाई न्यूजिल्याण्डको पत्र
काठमाडौं, मंसिर २६ : न्यूजिल्याण्डले अन्तिम हवाई सम्झौताका लागि नेपाललाई पत्राचार गरेको छ।
न्यूजिल्याण्डले डिसेम्बर ३ मा परराष्ट्र मन्त....

काठमाडौं, मंसिर २६ : न्यूजिल्याण्डले अन्तिम हवाई सम्झौताका लागि नेपाललाई पत्राचार गरेको छ।
न्यूजिल्याण्डले डिसेम्बर ३ मा परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै प्रारम्भीक सम्झौता अनुसार अन्तिम सम्झौताका लागि तयारी गर्न भनेको हो।
परराष्ट्र मन्त्रालयमार्फत केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई न्यूजिल्याण्डसँग अन्तिम हवाई सम्झौताका लागि तयार रहन भन्दै पत्र आएको मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार न्यूजिल्याण्डले आफ्नो तर्फवाट सबै तयारी पूरा भएको जानकारी नेपाललाई गराएको छ।
२०७२ सालमा नेपालले न्यूजिल्याण्डसँग पहिलो पटक हवाई सम्झौता गरेको थियो। प्रारम्भीक सम्झौतामा दुबै देशले आन्तरिक प्रक्रिया पूरा गरेपछि मात्रै उक्त सम्झौता लागू हुने भन्ने उल्लेख थियो। त्यही सहमति अनुसार न्यूजिल्याण्डले नेपाललाई प्रक्रिया पूरा गर्न आग्रह गरेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
उनका अनुसार सम्झौताका लागि नेपालले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ। प्रारम्भीक सम्झौतामा दुवै देशका तोकिएका वायुसेवा कम्पनीले सातामा १४–१४ उडान गर्न पाउने उल्लेख छ।










-1754206481.jpg)
