Kathmandu Press

सोमबार नेपालमा विश्व बसोबास दिवस मनाइने

राष्ट्रसंघको महासभाले सन् १९८५ मा अक्टोबर महिनाको पहिलो सोमबारलाई विश्व बसोबास दिवसका रुपमा मनाउने गरिए पनि यस वर्ष बडादसैं परेकाले तेस्राे सोमबार मनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
सोमबार नेपालमा विश्व बसोबास दिवस मनाइने

काठमाडाैं, असाेज ३० : समावेशी सहरबस्तीको आवश्यकता सबैको साझा प्रतिबद्धता भन्ने नाराका साथ सोमबार नेपालमा विश्व बसोबास दिवस मनाइने भएको छ। 

राष्ट्रसंघको महासभाले सन् १९८५ मा अक्टोबर महिनाको पहिलो सोमबारलाई विश्व बसोबास दिवसका रुपमा मनाउने गरिए पनि यस वर्ष बडादसैं परेकाले तेस्राे सोमबार मनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

Hardik ivf

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले दिवसका अवसरमा विभिन्न अन्तर्किया, गोष्ठीलगायतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिएको छ।

विभागका सहसचिव एवं विश्व बसोबास दिवस २०७९ मूल तयारी समितिका संयोजक रामचन्दै दंगालले पछिल्ले जनगणना अनुसार नेपालको सहरी क्षेत्रको कुल जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको जानकारी दिए।

त्यस्तै यस वर्षको नाराले समावेशी सहरी विकासलाई प्रमुख एजेण्डाका रुपमा स्वीकार गरिएको बताए। दंगालले जनता आवासको विवरण स्थानीय तहबाट अनाएका कारण निर्माण भएका संरचनाको एकीन तथ्यांक आउन नसकेको जिकिर गरे।

बढ्दो शहरीकरणका कारण पूर्वाधार र सेवा सुविधाको अपर्याप्तता, बढ्दो वायू प्रदुषण, फोहोरमैला विसर्जनजस्ता समस्या अहिले ठूलो चुनौतीका रुपमा रहेको राष्ट्र संघले जनाएको छ।

सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौती तथा तीव्र सहरीकरणले सहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

प्रकाशित मिति: १६:०६ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्