Kathmandu Press

श्रीलंकामा बाढी र पहिरोमा परी तीनजनाको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ।
श्रीलंकामा बाढी र पहिरोमा परी तीनजनाको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित

काेलम्बाे, असाेज ३० : श्रीलंकामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ। यस प्रकोपमा परी १३ हजार नौ सय २ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएको छ। 

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ। भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिँचाइ निर्देशक सुगेश्वरले बताएका छन्।

प्रतिकूल मौसम अवस्थालाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ।

हालको भारी वर्षा देशनजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आइटिसिजेड) को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, असोज ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्