Kathmandu Press

इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई

शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित भएका छन्। यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिएको समाचारमा जनाइएको छ।
इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई

बेइजिङ, असाेज ३० : इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले बधाई दिएका छन्।

शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित भएका छन्। यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिएको समाचारमा जनाइएको छ।

राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुँदै आएको र आगामी दिनमा पनि दुइ देशका विचको सम्बन्धलाई थप अगाडि बढाइने बताएका छन्।

राष्ट्रपति चिनिफिङले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न चीन तयार रहेको बताएका छन्।

उनले इराकी राष्ट्रपति र यहाँका जनतालाई पठाएको सो सन्देशमा आगामी दिनमा चीन र इराकबीच मिलेर काम गर्ने र दुई देशको आपसी हितका क्षेत्रमा समझदारीका लागि सहकार्यका साथ अघि बढ्न पर्नेमा पनि सो सन्देशमा जोड दिएका छन्। 

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, असोज ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्