Kathmandu Press

श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते

श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते

कोलम्बो, असाेज २९ : श्रीलङ्कामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन्।

श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो।

Hardik ivf

प्रहरीका अनुसार बसले एक्कासि सडकमा फरक दिशातर्फ मोडिँदा तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो।

बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

घाइते यात्रु र बस चालकलाई जाफना, पल्लई र किलिनोच्ची अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच, श्रीलङ्कामा बाढीका कारण शनिबार कम्तीमा दुई जनाले ज्यान गुमाएका र पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना प्रभावित बनेका श्रीलङ्काली केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा १२० घरमा क्षति भएको छ । हम्बनटोटा, गाले, टिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, राजधानी कलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन्। २६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

प्रकाशित मिति: २१:१० बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्